Monday, May 2, 2016

छिनेको १८ घण्टापछि जोड्न सफल

सुरुङ्गा(झापा), २० वैशाख । विर्तामोडस्थित बिएण्डसी टिचिङ हस्पिटल तथा रिसर्ज सेन्टरले एक महिलाको हात र तीनवटा औँला छिनेको १८ घण्टापछि जोड्न सफल भएको छ ।

दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको प्रयोगबाट शल्यक्रिया गरी काटिएको हातको औँला जोडिएको आज हस्पिटलमा पत्रकार भेटघाटमा जानकारी दिइयो ।

“बिरामीको हात जोडिने आशा थिएन, तर पनि प्रयास गर्नुपर्छ भन्ने दृढ अठोटका साथ हामीले प्रयास ग¥यौँ”–अस्पतालका वरिष्ठ अर्थाेपेडिक सर्जन डा निराजन पराजुलीले भन्नुभयो ।

पाँचथरको ओयाम निवासी ४५ वर्षीया देवीमाया डाँगीको यही वैशाख १४ गते राति देव्रे हातको नाडी र तीन वटा औँला श्रीमानले छिनाइदिएका थिए ।

देवीमायाको स्वास्थ्य अवस्था र काटिएको हात देखाउँदै उपचारमा संलग्न चिकित्सक पराजुलीले भन्नुभयो, “सामान्यतयाः हात छिनेको आठ घण्टासम्ममा जोड्न सकिन्छ, तर १८ घण्टापछि पनि हामीले उहाँको हातलाई जोड्न सफल भयौँ ।”

डाँगीको हात जोडिएपछि उनी र उनका परिवारको खसीको सीमा नै छैन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts