काठमाडौँ, २७ वैशाख । सरकारले काठमाडौँ उपत्यका चक्रपथभित्रको सबै सडक एक वर्षभित्र कालोपत्रे गर्ने भएको छ ।
व्यवस्थापिका–संसद्मा आज प्रस्तुत नीति तथा कार्यक्रममा एक वर्षभित्रमा काठमाडौँ उपत्यकामा भइरहेको सडक विस्तार कार्यलाई तीव्र रूपमा अगाडि बढाउँदै अन्य ठूला सहरमा पनि सडक विस्तार कार्य अगाडि बढाइने भएको छ ।
त्यसैगरी सरकारले सबै रणनीतिक र प्रादेशिक केन्द्र जोड्ने सडक न्यूनतम दुई लेन र कालोपत्रस्तरमा निर्माण तथा स्तरोन्नति गर्ने भएको छ ।
“राष्ट्रिय भवनसंहितालाई कडाइका साथ लागू गरिनेछ । सरकारी भवनको निर्माण, मर्मतसम्भार, संरक्षण र रेखदेख एउटै निकायबाट गर्ने व्यवस्था मिलाइने छ । सबै प्रदेशमा व्यवस्थित सहर निर्माणका लागि एक÷एकवटा एकीकृत नगर वा उपत्यका विकास प्राधिकरण गठन गरिनेछ”–नीति तथा कार्यक्रममा उल्लेख छ ।
सरकारले काठमाडौँ उपत्यकामा फोहरमैलाको दिगो व्यवस्थापनका लागि दीर्घकालीन ‘ल्याण्डफिल साइट’को पूर्वाधार निर्माण कार्य आगामी तीन वर्षभित्र सम्पन्न गर्ने भएको छ । रासस
No comments:
Post a Comment