कतार, ३ जेठ । विश्वकर्मा समाज कतारले ‘मेरो धरहरा म बनाउँछु’ भन्ने नारामा साथ दिन रु ५१ हजार सहयोगको घोषणा गरेको छ ।
कतारमा आयोजित एक साँस्कृतिक कार्यक्रमका क्रममा सङ्घले उक्त सहयोगको घोषणा गरेको हो । गत वर्षको भूकम्पले भत्किएको ऐतिहासिक धरहराको पुनःनिर्माणमा जनताको पैसाबाटै पुनःनिर्माण गर्ने निर्णयको स्वागत गर्दै समाजले सो सहयोग उपलब्ध गराउने निर्णय हो ।
सो साँस्कृतिक कार्यक्रममा कतारका लागि नेपाल पर्यटन बोर्डका सद्भावना दूत भरतबहादुर विसुराल (हिमालयन टाइगर), प्रवासी नेपाली मञ्च कतारका उपाध्यक्ष गणेश सिवा, जनप्रगतिशील मञ्च कतारका अध्यक्ष शनिकुमार वलीलगायतको सहभागिता थियो । कार्यक्रममा कलाकारले नेपाली राष्ट्रियता झल्किने विभिन्न प्रस्तुति दिएका थिए । रासस
No comments:
Post a Comment