काठमाडौँ, ६ जेठ । यहाँ चलिरहेको प्रेस चौतारी नेपालको आठौँ राष्ट्रिय अधिवेशनको बन्द सत्रले आज राति साङ्गठनिक र आर्थिक प्रतिवेदन तथा मुलुकको सङ्घीय संरचना अनुकूल विधान संशोधन पारित गरेको छ ।
ती प्रतिवेदन महासचिव माधव नेपाल, कोषाध्यक्ष विश्वमणि सुवेदी र मध्यमाञ्चल उपाध्यक्ष उपेन्द्र केसीले प्रस्तुत गर्नुभएको थियो । सो अनुसार चौतारीको केन्द्रीय समिति ७९ सदस्यीय हुने छ । तीमध्ये २२ पदाधिकारी हुने छन् । त्यस्तै प्रदेशस्तरका समिति पनि बन्ने छन् ।
बन्दसत्रलाई सम्बोधन गर्दै नेकपा(एमाले)का प्रचार तथा प्रकाशन विभाग प्रमुख योगेश भट्टराईले पार्टी पदाधिकारीहरुको निर्वाचन सर्वसम्मत गराइने र अन्य सदस्यमा प्रदेशले मात्र निर्वाचन गर्ने व्यवस्था गराई कार्यसमितिलाई पूर्णता दिइने बताउनुभयो । उहाँले एमाले प्रचार विभागले चौतारीको समन्वयमा पत्रकारका लागि
प्रशिक्षण संयन्त्र बनाइने जानकारी दिनुभयो । नेता भट्टराईले विभिन्न समूहमा रहेका नेपालका कम्युनिस्ट पार्टीहरुबीच एकीकरण गर्न एमालेले पहल गर्ने पनि बताउनुभयो ।
चौतारीको पुरानो कार्यसमिति भङ्ग गरी नयाँ अध्यक्षमण्डल र निर्वाचन मण्डल गठन गरिसकिएको छ । एमाले सचिव गोकर्ण विष्टको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल र तीर्थ कोइरालाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरिएको छ । रासस,
No comments:
Post a Comment