काठमाडौँ, ६ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहित सङ्घीय गठबन्धनले संविधानमा मधेसी, थारु, अल्पसङ्ख्यक, मुस्लिम लगायतका मागलाई नसमेटेको भन्दै आज जनप्रदर्शन तथा विरोध सभा गरेको छ ।
गठबन्धनमा आबद्ध विभिन्न राजनीतिक दलका नेताको अगुवाइमा आज लगनखेलबाट सुरू भएको प्रदर्शन जावलाखेल, पुल्चोक हुँदै मङ्गलबजारमा पुगी सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै सङ्घीय समाजवादी फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठ, राष्ट्रिय मधेस समाजवादी पार्टीका अध्यक्ष शरत्सिंह भण्डारी लगायत मधेसवादी दलका नेताले पटक पटक आन्दोलन गर्दा समेत सरकारले आफ्ना मागप्रति कुनै सुनुवाइ नगरेको भन्दै गुनासो गर्नुभयो ।
संविधान जारी भएसँगै मधेसकेन्द्रित आन्दोलन गर्दै आएको सङ्घीय गठबन्धनले यही जेठ १ गतेदेखि राजधानी केन्द्रित आन्दोलनका कार्यक्रम गर्दै आएको छ । रासस
No comments:
Post a Comment