म्युजिक भिडियो बनाइदिन्छु भनी पैसा लिएर एक अर्घाखाँची निबासी ललितकुमार थापा फरार भएपछि यूएईमा कार्यरत लोकगायक प्रेम भट्टराई आफू ठगिएकोमा चिन्तित छन् । चार वर्षदेखि यूएईमा कार्यरत रुपन्देहीका प्रेम भट्टराईले लोकसंगीतको क्षेत्रमा केही महिनाअघि ‘सुखदुःखको चौतारी’ शीर्षक एल्बम सार्वजनिक गरेका थिए । गायक रामजी खाँड र गायिका टीका पुनको स्वरमा सजिएको अति राम्रो गीत भएको सोही एल्बमका मालिक प्रेम भट्टराईले बताएका छन् ।
उक्त एल्बमको भिडियो बनाउनका लागि भनी लोक गएको हँु भन्ने अर्घाखाँचीका ललितकुमार थापाले पैसा लिएर फरार भएको लोकगायक भट्टराईले बताए । गीतको अडियो अलाप रेकरडिंगबाट बजारमा आएको र गत अक्टोबर ३ मा उक्त गीतको भिडियोका लागि भनेर अलग्गै ६५ हजार रुपैयाँ सिटिजन्स बैंकमार्फत् ललित थापा मगरका अनुसार पिन सीआर ०४३६८६५०१२ मा उमाकुमारी रानाको नाममा पैसा पठाएको पीडित भट्टराईले बताएका छन् । पैसा पाएको केही महिनासम्म काम हुन्छ भन्दै आस्वासन दिए पनि अहिले निज थापाको फोन नम्बर बन्द भएको, फेसबुक र ह्वाट्स एप सबै सामाजिक सञ्जाल ब्लक गरी निज थापा लुकी रहेको पीडित गायक भट्टराईले बताए ।
पीडित भट्टराईका अनुसार निज थापाले छिटो पैसा पठाउनु नत्र सुटिंङ लेट हुन्छ भनेको तर पैसा हात परेपछि अनेक बहाना गरी सम्पर्कविहीन भएको बताए । थापाले आफूलाई लोकसंगीतको भकारी हुँ, सबै काम गर्छु भनेका कारण विश्वास गरी पैसा पठाउँदा आफु नराम्ररी फँसेको भट्टराईले बताएका छन् । तर आठ महिनासम्म पनि काम नहुँदा यस्तै ठगीमा नपर्न अरुलाई सचेत हुन आग्रह गरेका छन् ।
आफ्नो रकम फिर्ता गराउनका लागि अदालतसम्म जाने तयारी गरिरहेको लोकगायक भट्टराईले बताएका छन् ।
Tuesday, May 31, 2016
‘सुखदुःखको चौतारी’ एल्बम धरापमा पारी परदेशमा रहेकालाई लोकसंगीतका दलालीले दिएको पीडा
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १८ वैशाख । ब्रेन ट्युमरका कारण निधन भएका नेपाल प्रेस युनियनका सचिव एवम् लोकसर्जक सूर्यकुमार क्षेत्रीका नाबालक छोराको शिक्षादीक्षाक...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment