Wednesday, May 4, 2016

एमाओवादीलाई निर्णय पुनर्विचार गर्न सत्ता गठबन्धनको आग्रह

काठमाडौँ, २२ वैशाख । सत्तारुढ दलको बैठकले सहयात्री प्रमुख दल एकीकृत नेकपा (माओवादी) लाई आफ्नो निर्णय पुनर्विचार गर्न आग्रह गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा साँझ बसेको बैठकले वर्तमान सत्ता गठबन्धनलाई बलियो बनाएर लैजाने निर्णय गर्दै प्रमुख साझेदार एमाओवादीलाई निर्णय पुनर्विचार गर्न आग्रह गर्ने निर्णय गरेको प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार एमाओवादीसहित अहिले पुनःसत्तारुढ दलको बैठक बस्नेछ । यसअघि सत्तारुढ दलको बैठकमा एमाओवादी सहभागी भएको थिएन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts