Wednesday, May 4, 2016

गठबन्धनबारे एमाओवादीले एमालेसँग अन्तिम छलफल गर्ने

काठमाडौँ, २२ वैशाख । सत्ता साझेदार प्रमुख दल एकीकृत नेकपा (माओवादी) ले सत्ताको नेतृत्वकर्ता नेकपा (एमाले) सँगको गठबन्धनबारे पुनःछलफल गर्ने भएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहालको निवास लाजिम्पाटमा आज साँझ बसेको स्थायी समितिको बैठकले सरकारबाट बाहिरिने वा रहिरहने भन्नेबारे एमालेसँग अन्तिम छलफल गरी टुङ्गोमा पुग्ने निर्णय गरेको हो ।

सरकार परिवर्तनबारे एमालेसँग अन्तिम छलफल गरी भोलि बिहीबारसम्म टुङ्गोमा पुग्ने निर्णय भएको पार्टी प्रवक्ता दीनानाथ शर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो ।

“हामीले पटक–पटक सरकारलाई भन्यौँ जनताका समस्या समाधान गर्न तर समस्या उस्तै छ, पुनर्निमाण र शान्ति प्रक्रियाका कामले गति लिएन । यो अवस्थामा सरकारमा रहनुको औचित्यका बारेमा छलफल भएको छ, त्यसैले अहिलेकै अवस्थामा सरकारलाई समर्थन गर्ने कि नगर्ने भन्नेबारे बिहीबार बिहान निर्णयमा पुग्छौँ”– उहाँले भन्नुभयो ।

यसअघि बिहान बसेको एमाओवादी स्थायी समिति बैठकले अध्यक्ष दाहालको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गर्दै अन्य दललाई सरकारमा सहभागी हुन आह्वानसमेत गरेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts