चितवन, ४ जेठ । पूर्वी चितवनमा चट्याङ लागेर आज साँझ दुईजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा राप्ती नगरपालिका–१२ विजयनगरका कमल पुन र हेटौडा फापरवारी घर भएका मानबहादुर तामाङ रहेको प्रहरीले जनाएको छ ।
घरनजिकै काम गरिरहेको अवस्थामा उनीहरुलाई चट्याङ लागेको प्रहरीले जनाएको छ । चट्याङ लागेर गम्भीर घाइते भएका उनीहरुमध्ये पुनको बाटोमै र तामाङको उपचारका क्रममा भारतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
चट्याङ लागि प्रकाश परियार र सुरेश परियार घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ । रासस
No comments:
Post a Comment