Wednesday, May 25, 2016

सङ्घीय गठबन्धनका नाममा वार्तामा बोलाउन राईको माग

भक्तपुर, १२ जेठ । सङ्घीय समाजवादी फोरम नेपालका नेता अशोक राईले सरकारले सङ्घीय गठबन्धनका नाममा वार्ताको आह्वान गरे वार्तामा बस्न सकिने बताउनुभएको छ ।

भक्तपुरमा सञ्चारकर्मीसँग आज कुरा गर्दै उहाँले सरकारले गठबन्धनलाई फुटाउने नियतले मधेसी मोर्चाका नाममा वार्ताका लागि आह्वान गर्नु गलत भएको टिप्पणी गर्नुभयो ।

सरकारले आह्वान गरेको वार्तालाई नाटकको सङ्ज्ञा दिँदै उहाँले सरकारले आन्दोलनरत सबै दललाई समेट्ने गरी औपचारिक वार्ताको आह्वान गर्नुपर्ने बताउनुभयो । सरकारले गठबन्धनको २६ बुँदे माग प्रति बेवास्ता गरेको भन्दै सरकार मागप्रति प्रष्ट हुनुपर्ने उहाँको भनाइ थियो ।

सङ्घीय समाजवाद फोरम नेपालका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय समुदायका अघि वार्ताको वातावरण तयार भएको देखाउनमात्र वार्तामा बोलाएको नाटक गरेको आरोप लगाउँदै उहाँले सङ्घीय गठबन्धनको आन्दोलन असफल पार्न वार्ताका नाममा षड्यन्त्र गरेको धारणा राख्नु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts