काठमाडौँ, १० जेठ । आद्यजगत्गुरु भगवान् शङ्कराचार्य जयन्ती एवम् अद्धैत संस्थाका संस्थापक डा क्षितिशचन्द्र चक्रवर्तीको ११८ औँ जन्मजयन्तीको उपलक्ष्यमा आयोजित २१ दिवसीय राष्ट्रव्यापी महासत्सङ्ग समारोहको आज तेह्रौँ दिवसको प्रातः सभामा डा चक्रवर्तीद्वारा रचित नेपाली उपनिषद् ‘वासिष्ठामृत वचनमाला’ वाचन गरियो ।
सो अवसरमा संस्थाका कुलपति श्रीगुरुदेव प्रताप चक्रवर्तीले जब शास्त्रको अर्थमा दृढ अभ्यास हुन्छ तब नै अजर र अमर पद प्राप्त हुन्छ भन्नुभयो ।
वसन्तलाल महासरस्वतीको अध्यक्षतामा प्रचण्ड ब्रह्मज्ञानी श्रीगुरुदेवद्वारा रचित नेपाली उपनिषद् ‘अवधूतगीता’, ‘प्रबुद्धनेपाल ७४’ आदिको गुरुआमा अर्पणा चक्रवर्ती, देवेश्वर सरस्वती, विष्णुप्रसाद ‘सरस्वती’ तिमिल्सिना, विष्णुप्रसाद आचार्य, विष्णुप्रसाद ‘सरस्वती’न्यौपाने, अनन्तलाल सरस्वती, रामचन्द्र मइत, गोपालचन्द्र पौड्याल, कृष्णप्रसाद गौतम, विन्दु भण्डारीलगायतले पाठपारायण गर्नुभएको थियो । रासस
No comments:
Post a Comment