काठमाडौँ, २५ वैशाख । नेपालका लागि संयुक्त अरब इमिरेट्सका नवनियुक्त राजदूत सइद हम्दान अल नक्बी कार्यभार सम्हाल्न आज काठमाडौँ आइपुग्नुभयो ।
परराष्ट्र मन्त्रालयका शिष्टाचार अधिकृत चक्र सुवेदीले राजदूत नक्बीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।
सो अवसरमा राजदूतावासका कार्यबाहक राजदूत हमादी हइफाम अल नक्बीको पनि उपस्थिति रहेको थियो ।
नवनियुक्त राजदूत नक्बीले यसअघि पाकिस्तान, अफगानिस्तान र लेवनानमा पनि संयुक्त अरव इमिरेट्सका तर्फबाट राजदूत भई काम गरिसक्नु भएको छ । रासस
No comments:
Post a Comment