Saturday, May 7, 2016

नवराज घिमिरेको गीति एल्बम दौडान सार्वजनिक

daudan-navaraj-ghimiree4काठमाडौ । बरिष्ठ गीतकार डाक्टर कृष्णहरि बरालले नेपालमा स्रष्टाहरु सिर्जनाबाट मात्र बा“च्न सक्ने अवस्था नरहेको बताउनु भएको छ ।
राजधानीमा गीत तथा संगीतकार नवराज घिमिरेको गीति एल्बम ‘दौडान’ विमोचन गर्दै गीतकार बरालले गीति एल्बम वा पुस्तक विक्रीबाट मात्र स्रष्टाहरु बा“च्ने अवस्था अझै बन्न नसकेको बताउनु भएको हो ।
घिमिरेको गीतमाथि समीक्षा गर्दैै गीतकार बरालले सिर्जना बिक्न नसके पनि सीआरबीट र पीआरबीटबाट केही रकम पाए पनि त्यो पर्याप्त नभएको बताउनुभयो । उहा“ले अहिले युट्युबाट केही आम्दानी हुने गरे पनि त्यो पनि पुराना स्रष्टाका लागि बुझ्दाबुझ्दै अर्को प्रविधिले खाने गरेको बताउनुभयो ।
कार्यक्रममा गैरआवासीय नेपाली संघका पूर्व उपाध्यक्ष एवं सल्लाहकार रामेश्वर शाहले गैरआवासीय नेपालीहरुले देशमा आर्थिक लगानी मात्र नगरी ज्ञान, सीप, भाषा, संस्कृति र कलाको क्षेत्रमा पनि योगदान गरेको बताउनुभयो ।
कार्यक्रममा घिमिरेको दौडान समूहिक रुपमा विमोचन गरिएको थियो । दौडानमा सात वटा गीत रहेको छ । यो एउटा सम्झना, दाइदो दोहोरी, जाने जाने, हाम्रो खबरदारी, नेपाल जाने धोको, एनआरएनए, यो एउटा सम्झनाजस्ता गीतमा रीता केसी र नवराज घिमिरेको स्वर रहेको छ । शब्द र  संगीत घिमिरेकै रहेको गीतमा प्रवासी वेदनामा आधारित रहेको स्रष्टा घिमिरेले जानकारी दिनुभयो । एल्बम विमोचन कार्यक्रममा बोल्दै गायक घिमिरेले आफ्नो जन्मभूमिबाट लामो समयसम्म विदेशिएर बस्नु पर्दाको आफ्नै आन्तरिक पीडालाई आार बनाएर रचना गरिएको दौडानमा विशेषगरी विदेशमा रहने गैरआवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुको वास्ताविक दैनिक जीवत कहानी, कथा र यथार्थलाई गीतमा माध्यमबाट छर्लङ्ग पार्न खोजिएको बताउनुभयो ।
स्वीट्जरल्याण्ड निवासी गीत तथा संगीतकार घिमिरेको यो पहिलो गीति एल्बम हो । कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई मायाको चिनोसमेत प्रदान गरिएको थियो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts