Friday, May 6, 2016

“विदेशमा सीप सिकेर देश निर्माणमा खर्चनोस्”

टोकियो, २४ वैशाख । नेकपा (एमाले)का सचिव पृथ्वीसुब्बा गुरुङले विदेशीको इसारामा लागेर काँग्रेसका नेताले साना तथा ठूला दलका केही नेतालाई उचालेर राष्ट्रिय सहमति भाँड्न खोजेको आरोप लगाउनुभएको छ ।

एमालेको भ्रातृ सङ्गठन प्रवासी नेपाली मञ्च जापानको आयोजनामा युवा प्रशिक्षण तथा क्षेत्रीय अधिवेशनका लागि यहाँ आउनुभएका गुरुङले नेपाली काँग्रेसका सभापति देउवाले राष्ट्रिय सहमति भाँड्ने र आफूले नेतृत्व लिन चाहेको तर पूर्ण हुन नसकेको विचार व्यक्त गर्नुभयो ।

युवाहरुलाई लक्ष्य गर्दै अर्काे प्रसङ्गमा उहाँले भन्नुभयो–“आफ्नो घर मात्र होइन, समाज विकासमा योगदान गर्नोस्, विदेशमा कमाएर मात्रै होइन, सीप सिकेर देश निर्माणमा खर्चनोस् ।”

टोकियोबाट बाहिरिनुभएपछि हानेदा अन्तर्राष्ट्रिय विमानास्थलमा एमाले कार्यकर्तालाई निर्देशन दिँदै उहाँले विदेशमा राजनीति नदेखाउन र सीप सिक्न आग्रह गरेको मञ्चका महासचिव राजकुमार लामिछानेले जानकारी दिनुभयो ।

जापान बसाइका क्रममा नेता गुरुङले टोयोटा सहरको क्षेत्रीय अधिवेशन सकाएर टोकियोका भिन्दाभिन्दै ठाउँमा प्रशिक्षण दिनुभएको थियो । नेता गुरुङ आजै स्वदेश फर्किनुभएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts