Friday, May 27, 2016

“जगत् केही पनि उत्पन्न भएको छैन”

काठमाडौँ, १४ जेठ । आद्य जगद्गुरु शङ्कराचार्य जयन्ती एवम् अद्वैत संस्थाका संस्थापक डा क्षितीशचन्द्र चक्रवर्तीको ११८ औँ जन्मजयन्तीका उपलक्ष्यमा केन्द्रीय सत्सङ्ग मन्दिर अद्वैतमार्गमा आयोजित २१ दिवसीय राष्ट्रव्यापी महासत्सङ्ग समारोहमा डा चक्रवर्तीद्वारा रचित नेपाली उपनिषद् ‘बासिष्ठामृत वचनमाला’ वाचन गरियो ।

सो अवसरमा प्रताप चक्रवर्तीले “जगत् केही पनि उत्पन्न भएको छैन । ब्रह्माकाश आफ्नु स्वरुपमा स्थित भइरहेको छ, त्यसलाई नजान्नु नै संसार हो, स्वरुपको ज्ञान भए जगत्को अन्त भइहाल्छ, चित्तलाई निर्वाण गर्नु नै जान्नु हो” भन्नुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts