Sunday, May 1, 2016

हरुवा चरुवाद्वारा प्रदर्शन

सप्तरी, १९ वैशाख । हरुवा चरुवा प्रथा उन्मुलन गर्नेुपर्ने माग गर्दै आज सदरमुकाम राजविराजमा बृहत प्रदर्शन गरिएको छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसर सुरक्षित ‘हरुवा चरुवा प्रथा उन्मुलन गर’, ‘हरुवा चरुवा पुनःस्थापना समस्या समाधान आयोग गठन गर’, ‘हरुवा चरुवा परिचयपत्र लागू गर’ जस्ता नारा लगाउँदै सप्तरीका हरुवा चरुवाले राजविराजमा ¥याली निकालेका थिए ।

स्थानीय शिव मन्दिरबाट निस्केको ¥याली नगरको विभिन्न भाग परिक्रमा गरी दशन चोकमा कोणसभामा परिणत भएको थियो ।

कोणसभालाई सम्बोधन गर्दै हरुवा चरुवा नेताहरुले केन्द्रीय तथा स्थानीय निकायको वार्षिक योजना तथा बजेटमा हरुवा चरुवाको बसोबास रहेको बस्तीमा खानेपानी, स्वास्थ्य, शिक्षा, सीपमूलक तालिम र रोजगारीको व्यवस्था हुनुपर्ने, हरुवा चरुवा समुदायको सम्पूर्ण ऋण मिनाह हुनुपर्ने, वर्गीकरणको आधारमा परिचयपत्र लागू गर्नुपर्नेलगायत माग गरेका छन् । सप्तरीमा मात्रै १८ हजार ३६१ जना हरुवा चरुवा रहेका छन । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts