Sunday, May 29, 2016

बैदेशिक रोजगारीमा गएका हाउस किपिङ नेपाली क्लिनरहरुको कथाः सकेसम्म नआएकै राम्रो

house kepingचाहे प्रचण्ड गर्मीको टन्टलापुर घाममा होस, चाहे आलिसान महलका एसी मुनि होस, चाहे वाशरुम, ट्वाइलेट नै किन नहोस् । जुनसुकै  देशबाट युएर्इमा क्लिनरको रुपमा आएका  हरेकको आफ्नै कथा र ब्यथा छन् ।
यही कथा र ब्यथाको घेराभित्र  नेपाली युवायुवतीको पनि बाक्लो उपस्थिति रहेको छ युएर्इमा । नेपाली युवायुवतीहरुको कामप्रतिको लगावका कारणले धेरै पहिलेदेखि युएर्इका विभिन्न सप्लायर कम्पनीदेखि डाइरेक्ट कमपनीहरुले समेत नेपालस्थित एजेन्सीहरुलार्इ ठूलो संख्यामा मागपत्र दिदै आएका छन् ।
त्यसो भएकाले नेपालमा बढेको बेरोजगारीका कारण हाउस किपर तथा क्लिनरमा आउने शिक्षित, अशिक्षित युवायुवतीको संख्या उत्तिकै  बाक्लो रहेको छ ।
नेपालमा मेनपावर एजेन्सी र एजेण्टहरुले जेजस्तो कुरा गरेर प्रलोभनमा पारे पनि बास्तविकता धेरै फरक रहेको युएर्इस्थित दुबईमा कार्यरत क्लिनर तथा हाउस किपर युवायुवतीको भनाइ छ ।
झापा घर भएका र कुन मेनपावरबाट आएको भन्ने समेत थाहा नभएका जित बहादुर दर्नाल सम्वाद मिडियासँगको कुराकानीमा भन्छन् –‘साहै्र गाह्रो छ, बिल्डिङ, अफिस, पार्किङ, प्राइभेट सडक हरेक ठाउँमा सफाइ गर्नुपर्छ ,१२ घण्टा ड्युटी गर्दा पनि ९ सय दिराम ज्यादा कहिल्यै पाइँदैन, बेकारमा आइएछ फेरि कुनै पनि लोकेसनमा कन्ट्याक लामो समयसम्म हुँदैन, एउटा लोकेसनमा कन्ट्याक्ट खारेजी भयो भने अर्को कन्ट्याक कम्पनीले  नपाउनजेल त्यतिकै बस्नुपर्छ । अन्त्यमा कन्ट्याक् मिलेन भने मुलुक समेत फर्काइदिन्छ ।’
दर्नाल त एक प्रतिनिधि पात्र मात्र हुन् । उनी जस्ता सयौको ब्यथा र कथा यसरी नै लुकेको छ ।
दर्नाल जस्तै अर्का प्रतिनिधि पात्र हुन इलामका रामशरण मगर।house-keeping
एक वर्ष अगाडि मात्र दुबई आएका २२ वर्षीय मगर २ बर्षसम्म जेनतेन टिक्ने योजना बनाएर बसेको बताउँछन । उनी भन्छन्– ‘प्लस टु पढ्दै गर्दा पैसाको भुत चढ्यो, दुबईमा जुनै  काममा गए पनि राम्रो हुन्छ भनेर क्लिनरमा आएँ तर बास्तविकता अर्कै रहेछ । ठुला–ठुला महलहरुको भुइँ सफा गर्नेदेखि लिएर बाटामा मान्छेले फालेको कचरा समेत टिप्नु पर्छ अनि ट्वाइलेट समेत सफा गर्नुपर्छ ।’
त्यसो त पढेलेखेका धेरै शिक्षित युवायुवतीको समेत  क्लिनरको रुपमा दुबईमा उपस्थिति रहेको छ । यसका गतिलो उदाहरण हुन  पर्वतका कुसुम मगर । शिक्षा सङ्कायमा डिप्लोमा सकेका मगर पनि एक बर्ष अगाडि दुबई आएका हुन्  । धेरै ठाउँमा जागिरका लागि प्रयास गर्दा पनि नातावाद  कृपावादको प्रभाव भएपछि निराश हुँदै क्लिनरमै दुबई हान्निएको बताउने मगर भन्छन्–‘ विदेशले मलाइ धेरै पाठ सिकायो,  पढेलेखेका युवायुवतीको यहाँ म मात्र हैन ठूलो भिड नै छ । यस कारण झन मलार्इ एउटा उmर्जा मिलेको छ, म डिप्लोमा गरेर पनि क्लिनरमा किन आएँ भन्ने कुनै आत्मग्लानी छैन ।’
स्तरीकरणको रवाफ र संस्कृतिका कारणले अर्काको देशमा जुनसुकै काम गर्न पनि तयार हुने र आफ्नो देशमा गर्न नचाहने भएकाले पनि यो स्थिति सिर्जना भएको  अर्का एक जना पर्वततका युवा उमेश गुरुङको  ठम्याइ छ ।
१० बर्ष अगाडि हाउस किपर क्लिनरमा आएका गुरुङको भने जितबहादुर दर्नाल र कुसुम मगरको  भन्दा फरक सुखद कथा छ । दुबईको प्रतिष्ठित कम्पनी दुबई वर्ल्ड ट्रेड  सेन्टरमा काम गर्ने गुरुङको  तलब ४ हजार दिराम  छ । उनी भन्छन्–‘सप्लायर र डारेक्ट कम्पनीमा यहि फरक हो, सप्लायर कम्पनीमा तलब बढ्न दुबईको नियम नै परिवर्तन हुनुपर्छ हाम्रोमा हरेक बर्ष तलब बढ्छ त्यसैले क्लिनरमा पनि सप्लायर कम्पनीमा सकभर कोहि नाअएकै राम्रो हुन्छ ।’house keping1
ूहामी आउँदासम्म यहाँ सप्लायर  कम्पनी कम थिए । नेपालस्थित मेनपावरलार्इ पनि सप्लायर कम्पनीको भन्दा सप्लायर बेगरका कम्पनीले मागपत्र दिन्थे । तर अहिले अफिस तथा ठुला कम्पनीले समेत आफुहरुलार्इ सस्तो हुने भएकाले सप्लायर कम्पनीसँगै सम्पर्क गर्छन् । त्यसैले अहिले नेपालमा हाउस किपिङ तथा क्लिनरको माग बढी जसो सप्लायर कम्पनीले दिने गरेका छन ।’ उनले बताए ।
तर नेपाली क्लिनर मात्र हैन । विदेशी जो विभिन्न मुलुकबाट आएका छन् उनीहरुको पनि सकेसम्म सप्लायर कम्पनीमा नआउँदै राम्रो हुने मत रहेको छ ।
१० बर्षदेखि हाउसकिपिङ सुपरभाइजरको काम गर्दै आएका एक जना पाकिस्तानी नागरिक खान मिया मुहमबद् भन्छन–दुबईमा मात्र २३ सय भन्दा बढी सप्लायर कम्पनी छन्  कतिपय कन्ट्याक्ट लिन नसकेर बन्द हुने स्थितिमा छ्न भने कतिपय बन्द भैसकेका छन । यसरी बन्द हुँदा कामदार समेत फर्काइदिने भएका कारण चर्को ऋण लिएर आएकाहरु ठूलो मारमा पर्ने गरेका छन । त्यसैले कोही आइहाले पनि राम्ररी बुझेर आउनु पर्छ ।’
तर पछिल्लो समय कुनैपनि कम्पनीमा काम गरेको  ६ महिनाभन्दा बढी भएपछि अन्य कम्पनीमा पनि आवेदन दिन पाइने र कम्पनीले भिसा जारी गरेपछि देशबाहिर जान नपर्ने नियम बनेसँगै  हरेक कामदारका लागि सहज वातावरण भएको छ ।
बिशाल बस्नेत; युएई

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts