काठमाडौँ, ९ जेठ । प्रेस चौतारी नेपालका नवनिर्वाचित कार्यसमितिलाई प्रेस चौतारी राष्ट्रिय समाचार समिति (रासस) शाखाले आज स्वागत तथा बधाई दिएको छ ।
रासस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष, पदाधिकारी तथा अन्य पदमा विजयीलाई बधाई दिइएको हो । नवनिर्वाचित अध्यक्ष गणेश बस्नेत, पदाधिकारी र उपलब्ध सदस्यलाई शाखाका अध्यक्ष कृष्णराज गौतम र निवर्तमान अध्यक्ष कालिका खड्काले सम्मान गर्नुभएको थियो ।
वरिष्ठ उपाध्यक्ष माधव नेपाल, उपाध्यक्ष सइन्द्र राई, महासचिव राजेश राई, उपमहासचिव हिरामान लामा, सचिव भरत केसी, सुरोजङ्ग पाण्डे, भउचप्रसाद यादव, कोषाध्यक्ष ईन्द्र आचार्यलाई पनि बधाई दिइयो । यस्तै केन्द्रीय सदस्य भएका राससकर्मी प्रकाश सिलवाल, अम्बिका(चन्द्रकला) भण्डारी र विद्रोही गिरीलाई पनि सम्मान गरियो ।
अध्यक्ष बस्नेतले चौतारीले चाँडै नयाँ कार्ययोजना ल्याई व्यावसायिक पत्रकारिताको हितमा काम गर्ने बताउनुभयो । उहाँले राससको व्यवस्थापनलाई शाखासँग समन्वय गर्न आग्रह गर्दै त्यसमा केन्द्रका तर्फबाट साथ र समर्थन हुने जनाउनुभयो ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै राससका अध्यक्ष कुलचन्द्र वाग्लेले आफूहरु प्रेस चौतारीसँग समन्वय गरेर अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।
राससका महाप्रबन्धक निर्मला आचार्यले पनि नयाँ पदाधिकारीलाई बधाई दिनुभयो ।
चौतारीका नवनिर्वाचित केन्द्रीय सदस्य एवम् राससका समाचारदाता प्रकाश सिलवालले रासस मुलुकको एक मात्र समाचार समिति भएकाले यसको सेवा विस्तार र सुधारका लागि चौतारीले सहयोग गर्ने बताउनुभयो ।
पद हस्तान्न्तरण
प्रेस चौतारी नेपालको नवनिर्वाचित कार्यसमितिलाई आज पद हस्तान्न्तरण गरिएको छ । यहाँ आज आयोजित कार्यक्रममा निवर्तमान अध्यक्ष राजेन्द्र अर्यालले अध्यक्ष गणेश बस्नेतलाई पद हस्तान्तरण गर्नुभएको हो ।
कार्यक्रममा नेकपा (एमाले) का सचिव गोकर्ण विष्टले नयाँ कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै प्रेस स्वतन्त्रताका पक्षमा रही काम गर्न आग्रह गर्नुभयो ।
पार्टी प्रचार विभाग प्रमुख योगेश भट्टराईले चौतारीको आठाँै महाधिवेशन सहमतिको महाधिवेशन भएकाले यसले पार्टीमा रहेका विभिन्न गुटको अन्त्य गर्न राम्रो सन्देश प्रवाह गरेको बताउनुभयो ।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापा, नेपाल पत्रकार महासङ्घका अध्यक्ष डा महेन्द्र विष्ट, निवर्तमान अध्यक्ष अर्याल, एमाले केन्द्रीय निर्वाचन आयोगका सचिव माधव पौडेल, पत्रकार महेश दास, मञ्जु थापालगायतले शुभकामना व्यक्त गर्नुभएको थियो । रासस
No comments:
Post a Comment