Thursday, May 5, 2016

बलात्कृत बालिकालाई उपचार सहयोग

बैतडी, २३ वैशाख । बलात्कारमा परेकी बालिकाको उपचारका लागि जिल्ला बालकल्याण समितिले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

ती बालिकाको उपचार खर्च, खान बस्न र गाउँबाट सदरमुकाम आवतजावतका लागि समितिले रु २६ हजार ५०० सहयोग गर्ने निर्णय गरेको प्रजिअ लीलाधर अधिकारीले बताउनुभयो । बालिकाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts