Tuesday, May 3, 2016

महासङ्घको बन्दसत्र जारी

रत्ननगर (चितवन), २१ वैशाख । नेपाल पत्रकार महासङ्घको आजदेखि पूर्वी चितवनको रत्ननगरमा सुरु भएको साधारणसभाअन्तर्गत बन्दसत्र अहिले पनि चलिरहेको छ ।

बन्दसत्रमा महासचिव उजिर मगरले प्रस्तुत गर्नुभएको साङ्गठनिक र भावी कार्यक्रम तथा कोषाध्यक्ष सूर्यमणि गौतमले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई सभाले पारित ग¥यो ।

अध्यक्ष मण्डलका अध्यक्ष एवम् महासङ्घका पूर्व सभापति सुरेश आचार्यले विधान संशोधन प्रक्रिया सुरु गर्न खोज्दा नेपाल प्रेस युनियन सम्बद्ध पत्रकारले संशोधित विधानसहितको प्रतिवेदन पढ्न पाउनुपर्ने माग गर्दै बन्दसत्र चलिरहेको हलभित्रै नाराबाजी गरेका थिए ।

नाराबाजीको बीच मन्तव्य राख्दै युनियनका अध्यक्ष बद्री सिग्देलले विधान अध्ययन गर्न नपाएकाले विधान संशोधनबारे छुट्टै कमिटी बनाएर छलफल गर्नुपर्ने बताउनुभयो ।

त्यसलगत्तै प्रेस चौतारी नेपालका अध्यक्ष राजेन्द्र अर्यालले विधान संशोधनको पक्षमा बोल्दा विवाद भएको थियो ।

क्रान्तिकारी पत्रकार संघका अध्यक्ष गोविन्द आचार्यले विधान संशोधनको औचित्य पुष्टि गर्न आग्रह गर्नुभएको थियो । अहिले अध्यक्ष मण्डलले विवाद समाधानको पहल गरिरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts