राजविराज, २१ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको शम्भूनाथ नगरपालिकामा माइक्रोबसको ठक्करबाट आज एक व्यक्तिको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको बा३ख ८४६० नं को माइक्रोबसले ठक्कर दिँदा सप्तरीको मधुपट्टी गाविस–९ बस्ने २६ वर्षीया धर्मेन्द्र चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
माइक्रोबसको ठक्करबाट गम्भीर घाइते चौधरीको विराटनगरस्थित न्युरो अस्पतालमा आज साँझ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । रासस
No comments:
Post a Comment