दुबई । कला र गलाको माध्यमबाट नेपाली साँगितिक दुनियाँमा आफ्नो अलग्गै छाप छोड्न सफल गायक गोपी कृष्ण पंगेनीले रोइला गीत “मायाले मन बराल्छ” डिजिटल दुनियाँ मार्फत सार्वजनिक गरेका छन् ।
सितारा म्युजिक प्रा लि मार्फत बजारमा ल्याएको उक्त गीतको रसिक तथा चटपटे शब्दहरुको शब्द तथा संगीत चर्चित सर्जक एक नारायण भण्डारीको रहेको छ भने गायक पंगेनीको आवाजमा गायिका देवी घर्तीले समेत साथ दिएकी छिन् ।
स्याङ्जाबाट आफ्नो सपनाको उडान भर्दै बैदेशिक रोजगारको सिलसिलामा दुबई आइपुगेका रसिक स्वभावका गायक पंगेनीले धेरै गीतहरु सार्वजनिक गरिसकेका छन् । सानै देखि गाउँमा भजन होस् या रोधी अथवा रत्यौली नै किन नहोस् गीत गाउन भनेपछि पुगिहाल्नु पर्ने आफ्नो स्वाभाव रहेको भन्न हिच्किचाउदैनन् । अन्र्तराष्ट्रिय कलाकार समाज, युएईका महासचिव समेत रहेका गोपी कृष्ण पंगेनी भर्खरै सार्वजनिक भएको रोइला गीत मार्फत आफ्नो सांगितिक यात्रा सुरु भएको बताउछन् । फरक फरक स्वादका पारखी गायक पंगेनीको “म त परदेशी” नामक लोकगीत,“परदेशीको सम्झना” नामक सालैजो लगायत कैयौ चर्चित गीतहरु समेत श्रोताहरु माझ पस्किसकेकाछन् ।
परदेशी जीवन र कामको व्यस्तताका बावजुद पनि छुट्टीको समयमा प्रवासको सांगितिक माहौललाई सिँगार्न लागि पर्ने गायक पंगेनीलाई समाजसेवी समेत भन्दा फरक पर्दैन । भन्छन् – समाज र संगीत एक अर्काका परिपुरक हुनुपर्छ, एक अर्काबाट अलग्गिएर न त समाज रहन सक्छ न त संगीत नै । कलाकारिताको नाममा परदेशमा विभिन्न किसिमका विकृतिहरु भित्रिएकोले यसलाई जरैदेखि उखेलेर फाल्नुपर्ने बताउछन् ।
युएईमा कार्यरत प्रवासी नेपालीहरु वीच नेपाली संंगीतको संरक्षण र प्रवद्र्धन गर्न लागि परेका चर्चित लोक गायक गोपी कृष्ण आफ्नो पछिल्लो कोशेली रोइला गीत मायाले मन बराल्छ विगतका प्रस्तुतिहरु भन्दा अझ बढी सफल हुनेमा आशावादी देखिएका छन् ।
हरि नेपाली
Thursday, May 26, 2016
गोपीकृष्ण पंगेनीको “मायाले मन बराल्छ” डिजिटल दुनियाँमा (भिडियोसहित)
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
इटहरी, १३ मङ्सिर । गृहमन्त्री शक्ति बस्नेतले राष्ट्रिय स्वाधीनता र अखण्डताका विषयमा नेपाल कसैसँग नझुक्ने बताउनु भएको छ । गृहमन्त्री बस...
No comments:
Post a Comment