बुटवल, १३ जेठ । नेपाली काँगे्रसका नेता तथा सांसद बालकृष्ण खाँणले मुख्य राजनीतिक दलको सहमतिमा मात्रै सरकारले संविधान कार्यान्वयन गर्न सक्ने बताउनुभएको छ ।
नेपाल पे्रस युनियन रुपन्देहीको १९औँ वार्षिक साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै नेता खाँणले गाविसलाई गाउँपालिका बनाएरमात्र स्थानीय निर्वाचन गर्नुपर्ने बताउनुभयो ।
उहाँले लोकतन्त्रको संस्थागत विकास गर्न, संविधान कार्यान्वयन गर्न र स्थानीय निकायको निर्वाचनका लागि राष्ट्रिय सहमति आवश्यक छ भन्नुभयो ।
मुलुकमा पे्रस स्वतन्त्रता नभएसम्म लोकतन्त्र बलियो हुन नसक्ने बताउँदै नेता खाँणले पत्रकारिताको विकासलाई मुलुकको परिवर्तनसँगै अघि बढाउनुपर्ने बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष डा सुरेश आचार्यले लोकतन्त्रबिनाको पे्रस स्वतन्त्रता सम्भव नहुने बताउनुभयो । पत्रकारले आत्मसमीक्षा गरेर अघि बढ्ने बेला आएको उहाँको भनाइ छ । पे्रस युनियनका सल्लाहकार शिव लम्सालले पत्रकारको हितमा सञ्चार नीति बनाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा पत्रकार महासङ्घका पूर्वउपाध्यक्ष विपुल पोखरेल, पे्रस युनियनका केन्द्रीय सदस्य वसन्त पराजुली, नेपाली काँगे्रसका रुपन्देही सचिव रामकृष्ण खाँण, क्षेत्रीय सभापति हरि लम्साल, पत्रकार महासङ्घ रुपन्देही अध्यक्ष शेरबहादुर केसीलगायतले पत्रकारितालाई माथि उठाउन सबै क्षेत्रको सुधार हुनुपर्ने बताउनुभयो ।
पत्रकार सम्मानित
नेपाल पे्रस युनियन रुपन्देहीले गिरिजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार यमलाल भुसाल र प्राविधिक शिव काफ्लेलाई सम्मान गरेको छ ।
पे्रस युनियन स्थापना भएको २५औँ प्रवेशका अवसरमा पे्रस युनियन रुपन्देहीको आज सम्पन्न १९औँ वार्षिक साधारणसभामा उहाँहरुलाई सम्मान गरिएको हो ।
काँगे्रस नेता खाँणले पत्रकार भुसाललाई सम्मानपत्रसहित रु २० हजार १०० नगद प्रदान गर्नुभयो । प्राविधिक काफ्लेलाई सम्मानपत्रले सम्मान गरियो ।
नेपाल समाचारपत्रमा कार्यरत पत्रकार भुसाल २२ वर्ष यतादेखि बुटवललाई कर्मथलो बनाएर पत्रकारिता पेसामा आबद्ध हुनुहुन्छ भने काफ्ले विगत १२ वर्षदेखि लुम्बिनी टेलिभिजन र बुटवल एफएममा प्राविधिकका रुपमा काम गर्दै आउनुभएको छ । रासस
No comments:
Post a Comment