बनेपा, २३ वैशाख । काभ्रेपलाञ्चोक, च्याम्रेङबेँसी–८ का एक दम्पतीको रहस्यमय मृत्यु भएको छ ।
काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक नवीनराज राईका अनुसार फुर्केथलीमा २२ वर्षीय सन्तोष दाहाल र १९ वर्षीया पवित्रा दाहाल आफ्नै टहरामा मृत अवस्थामा आज फेला परेका हुन् ।
“श्रीमती ओछ्यानमा लडेको अवस्थामा र श्रीमान् भुइँमा घोप्टो भएको अवस्थामा उनीहरुको शव भेटिएको हो”–उहाँले भन्नुभयो । प्रनाउ राईले शव गन्हाउने अवस्थामा फेला परेकाले केही दिनअघि नै उनीहरुको मृत्यु भएको हुनसक्ने आशङ्का गर्नुभयो । रासस
No comments:
Post a Comment