Thursday, May 5, 2016

काउन्सिलमा नियुक्त भएकामा बधाई

काठमाडौँ, २३ वैशाख । प्रेस काउन्सिल नेपालका सदस्यमा नियुक्त भएकामा क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे)का अध्यक्ष शुभेच्छाविन्दु तुलाधरलाई कार्यकालको बधाई तथा शुभकामना दिइएको छ ।

यहाँ आज आयोेजित गरेको कार्यक्रममा डब्ल्युडब्ल्युजेका संस्थापक अध्यक्ष सङ्गीता लामाले पत्रिका वर्गीकरणका लागि काउन्सिलभन्दा अन्य निकाय गठन गर्नुपर्ने औँल्याउनुभयो । उपाध्यक्ष अमिका राजथला, महासचिव रामकला खड्का लगायतले डब्लुडब्लुजेको उद्देश्य नै महिलाको कार्यक्षमता तथा गुणस्तर वृद्धि गर्ने रहेको बताउँदै संस्थाको उद्देश्यअनुरुप अध्यक्ष तुलाधर काउन्सिलको नीति निर्माण तहमा पुग्नुभएको बताउनुभयो ।

अध्यक्ष तुलाधरले आफ्नो कार्यकालमा काउन्सिलको पत्रकार निर्देशिकामा महिला पत्रकारका विषय हेर्न छुट्टै समिति बनाउन भूमिका खेल्ने र पत्रपत्रिका वर्गीकरण गर्ने क्रममा विषयवस्तु विश्लेषणलाई ध्यान दिइने बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts