Sunday, May 15, 2016

सरकारले फिर्ता बोलाएपछि उपाध्याय फिर्ता

काठमाडौ, २ जेठ । भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्याय आज नेपाल फर्किनुभएको छ ।
सरकारले फिर्ता बोलाउने निर्णय गरेपछि  राजदूत उपाध्याय आज नेपाल फर्कनुभएको हो ।  त्रिभुवन विमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै निवर्तमान राजदूत उपाध्यायले सरकारले आफूमाथि कुनै आरोप नलगाएको दाबी गर्नुभयो ।  राजदूतबाट फिर्ता बोलाउने क्रममा सरकारले उपाध्यायमाथि तीन आरोप लगाएको थियो ।
सरकारलाई जानकारी नगराई आउजाउ गरेको, अनुमति नलिई भारतीय राजदूतसँग विभिन्न कार्यक्रममा गएको र ओली सरकार ढाल्ने प्रयास गरेको आरोप उहाँमाथि सरकारले लगाएको थियो ।
यसबारे पत्रकारले सोधेको प्रश्नमा कांग्रेस नेता समेत रहनुभएका उपाध्यायले आरोप प्रमाणित गर्न चुनौती समेत दिनुभयो । उहाँले नेपाल र भारतको सम्वन्ध जुवाको खाल जस्तो एउटाले जित्ने र अर्कोले हार्ने नभएको टिप्पणी समेत गर्नुभयो ।

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts