काठमाडौ, २ जेठ । संविधानका केही बुँदाप्रति असन्तुष्ट जनाउँदै आन्दोलनरत सङ्घीय गठबन्धनले गरेको आज सिंहदरवार कार्यक्रमले काठमाडौको यातायात अस्तव्यस्त बनेको छ ।
बिहानैदेखि सिंहदरबारको हनुमानथान र माइतीघर मण्डलाम २९ दलीय सङ्घीय गठबन्धनमा आबद्ध दलका नेता कार्यकर्ताको धर्नाले सो क्षेत्रमा यातायात अवरुद्ध बनेको हो । सिंहदरबार वरपर बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी आन्दोलनकारीलाई अघि बढ्न नदिने गरी तयारी अवस्थामा तैनाथ छन् भने आन्दोलनकारीले झन्डासहित नारा लगाएका थिए ।
धर्नामा गठबन्धनका नेता राजेन्द्र महतो, महेन्द्र यादव, राजकिशोर यादव लगायत सहभागी भएका थिए । गत असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि बिशेषगरी सीमाङ्कनको विषयलाई लिएर असन्तुष्ट मधेसकेन्द्रित दलले यस अघि नेपाल भारत सिमानामा आन्दोलन गरेका थिए ।
Sunday, May 15, 2016
गठबन्धनको सिंहदरबार घेराउले यातायात अस्तव्यस्त
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment