Monday, May 16, 2016

‘नेपाल बुद्धदर्शनको पनि उद्गमस्थल’

काठमाडौँ, ३ जेठ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले नेपाल सिद्धार्थ गौतमको जन्मका साथै बौद्ध दर्शनको उद्गमस्थल पनि भएको बताउनुभएको छ ।
रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको साक्षात्कारमा उहाँले बौद्धधर्मका तीन सम्प्रदाय नेपालमै विकास हुनाका साथै सिद्धार्थ गौतमले दरबार, परिवार र श्रीपेच एकै पटक त्याग्नका लागि बुद्ध्रत्व प्राप्त गरिसकेका थिए भन्नुभयो ।
सरकारले २५६० औँ बुद्धजयन्तीका अवसरमा यही जेठ ६ र ७ गते काठमाडौँमा बुद्धदर्शनसम्बन्धी अन्तर्राष्ट्रिय गोष्ठी तथा जेठ ८ गते लुम्बिनीमा बुद्धजयन्ती समारोह गर्दैछ । सम्मेलनमा विभिन्न देशका संस्कृतिमन्त्री र २१ मुलुुकका भिक्षुको आगमन हुने र बुद्ध दर्शनसम्बधी बृहत् छलफल हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts