उर्लाबारी (मोरङ), ३ जेठ । जननेता मदन भण्डारीले प्रतिपादन गरेको ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तलाई अनुसरण गरेर अगाडि बढ्न सके मात्र उहाँप्रति सच्चा श्रद्धाञ्जलि हुने नेकपा(एमाले)का नेता तथा कार्यकर्ताले बताउनुभएको छ ।
एमालेका तत्कालीन महासचिव मदन भण्डारी तथा सङ्गठक जीवराज आश्रितको २३ औं स्मृति दिवसका अवसरमा एमाले मोरङले आज आयोजना गरेको कार्यक्रममा एमाले केन्द्रीय सदस्य गुरु बराल र जीवन घिमिरे, सङ्गठन विभाग प्रमुख रुपेश खतिवडा, मोरङका अध्यक्ष महेश रेग्मी लगायतले जबज आज पनि उत्तिकै सान्दर्भिक रहेको बताउनुभयो ।
कञ्चनपुर– एमाले कञ्चनपुरले आज भीमदत्तनगर बजारको मदन चोकमा रहेको जननेता मदन भण्डारीको सालिकमा पुष्पगुच्छा अर्पण गरी २३ औंँ मदन—आश्रित दिवस मनाएको छ ।
सालिकमा पूर्वउपसभामुख भोजराज जोशी, कञ्चनपुरका पूर्वजिविस उपसभापति राजेन्द्रसिंह रावल, भीमदत्तनगरपालिकाका पूर्वउपप्रमुख ईश्वरीप्रसाद खरेललगायतले जननेता भण्डारीको सालिकमा पुष्प गुच्छासँगै माल्यार्पण गर्नुभयो । सो अवसरमा उहाँहरूले नेता भण्डारीले देखेको आधुनिक नेपालको सपना साकार पार्न उहाँले देखाएको बाटामा अग्रसर हुनुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment