भीमदत्तनगर, १० जेठ । वाणिज्यमन्त्री जयन्त चन्दले कञ्चनपुरको दोधारा चाँदनीमा सुक्खा बन्दरगाह बनाउन प्रारम्भिक सर्भेक्षण सुरु भइसकेको बताउनुभएको छ ।
कञ्चनपुर उद्योग वाणिज्य सङ्घले आज बेलुकी भीमदत्तनगरमा आयोजना गरेको ‘व्यापार प्रवद्र्धनका अवसर र चुनौती’ विषयको छलफल कार्यक्रममा मन्त्री चन्दले सुदूरपश्चिम क्षेत्रको दोधारा चाँदनीमा सुक्ख बन्दरगाहा बन्ने कामले तीव्रता पाइसकेको जानकारी दिनुभयो ।
“यो एउटा महत्वपूर्ण सुरुआत भएको छ”– उहाँले भन्नुभयो, “अब पछाडि हट्ने कुरा हँुदैन ।” वाणिज्य मन्त्रालयको टोलीले सर्भेक्षण सुरु गरिसकेको जानकारी दिँदै उहाँले सुक्खा बन्दरगाह तथा महाकाली नदीमा चार लेनको पक्की पुल बने सुदूरपश्चिमको व्यापार तथा औद्योगिक विकास हुने विश्वास व्यक्त गर्नुभयो ।
“व्यापारको विकासका लागि यहाँको सडक, यातायात लगायत पूर्वाधार विकास हुनु जरुरी छ–” उहाँले भन्नुभयो, “सुदूरपश्चिममा जलस्रोत, जडीबुटी, धार्मिक पर्यटनका साथै अथाह सम्भावना छ, तिनको बेवास्ता हुँदा सुदूरपश्चिम पछाडि परेको छ ।”
एम्बुलेन्स सेवा सुरु
केही दिनयता सुदूरपश्चिम भ्रमणमा रहनुभएका मन्त्री चन्दले आज भीमदत्तनगर–१८ गोबरियामा एम्बुलेन्स सेवाको उद्घाटन गर्नुभयो ।
स्थानीय निङलासैनी रामलीला मूल समितिले दुई रामलीला लगाएर सङ्कलन गरेको रकमले एम्बुलेन्स खरिद गरेको थियो । रामलीला समितिले स्थानीय भगवती सेवा समितिलाई मन्त्री चन्दमार्फत एम्बुलेन्स हस्तान्तरण गर्नाका साथै सेवाको सुरुआत गरेको हो । रासस
No comments:
Post a Comment