Monday, May 23, 2016

विद्यार्थी बोकेको बस दुर्घटना

राजविराज, १० जेठ । सप्तरीको प्रसवनीमा आज विद्यार्थी बोकेको बस पल्टिँदा छ विद्यार्थी घाइते भएका छन् ।

क्रमस इङलिस बोर्डिङ स्कुलबाट विद्यार्थी बोकेर गाउँतर्फ जाँदै गरेको बा१३च २५९२ नंको बस प्रसवनी गाविस–८ स्थित एउटा कल्भर्टमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

सो दुर्घटनामा परी गम्भीर घाइते भएका प्रसवनी –६ का छ वर्षीय अकित मण्डल र सीतापुर–१ का २६ वर्षीय बद्रीनारायण माझीलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको छ । बाँकी घाइतेको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts