Sunday, May 8, 2016

रिक्सा चालकको हत्या

झापा, २६ वैशाख । झापाको मेचीनगरमा गएराति रिक्सा चालक डिल्लीराम दाहालको हत्या भएको प्रहरीले जनाएको छ ।

दुहागढी–७ हाडखोला निवासी ३२ वर्षीय दाहालको मेचीननगर–२ का २८ वर्षीय विवेक चौधरीले ढुङ्गाले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी निरीक्षक श्यामकृष्ण अधिकारीले बताउनुभयो ।

मापसे गरेर दाहालकै रिक्सामा सवार चौधरीले सामान्य विवाद हुँदा ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानबाट खुलेको हो ।

अभियुक्त चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखेको छ । चौधरीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाइने भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts