Tuesday, May 24, 2016

सर्वोच्चद्वारा प्रचण्डलाई तीन दिनभित्र जवाफ माग

काठमाडौँ, ११ जेठ । सर्वोच्च अदालतले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अदालतको अपहेलनासम्बन्धी मुद्दामा तीन दिनभित्र लिखित जवाफसहित उपस्थित हुन आदेश दिएको छ ।

कामु प्रधानन्यायाधीश सुशीला कार्कीको एकल इजलासले आज अदालतको अपहेलनासम्बन्धी मुद्दामा अध्यक्ष दाहाललाई तीन दिनभित्र अदालतमा आफैँ वा आफ्नो प्रतिनिधिमार्फत लिखित जवाफ पठाउन आदेश दिएको अदालतका सहप्रवक्ता विश्वराज पौडेलले जानकारी दिनुभयो ।

केन्द्रका अध्यक्ष दाहालले केही दिनअघि न्यायालयका बारेमा मानहानि हुने खालको आपत्तिजनक अभिव्यक्ति दिएको आरोप लगाउँदै अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा अदालतको अपहेलनामा कारबाही गर्न माग गर्दै मुद्दा दायर गर्नुभएको थियो ।

मुद्दामा अदालतको गम्भीर अवहेलना गरेको विषयमा एक वर्ष कैद तथा रु १० हजार जरिवानाको मागसमेत गरिएको छ । रासस
–––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts