Saturday, May 21, 2016

बस ठोक्किँदा एकको मृत्यु, २७ घाइते

तिलोत्तमा ९रुपन्देही०, ८ जेठ । देवदह नगरपालिका–११ नजिकै गणेश प्रतीक्षालय अगाडि आज भएको सवारी दुर्घटनामा एकजनाको घटनास्थलमै मृत्यु भएको छ भने २७ जना यात्रु घाइते भएका छन् ।

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक कवीन्द्र बमका अनुसार बर्दघाटबाट बुटवल आउँदै गरेको लु१ख ३३८९ नंको माइक्रो बस र बुटवलबाट नारायणगढतर्फ जाँदै गरेको ना५ख ६५५२ नंको मिनी बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा नवलपरासी सुनवल–३ कीर्तिपुरकी २३ वर्षीया सविता पुन रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको देवदह मेडिकल कलेज र बुटवलमा उपचार भइरहेको छ । बसका चालक प्रहरी नियन्त्रणमा रहेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts