Friday, May 20, 2016

श्रीलङ्कामा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त

काठमाडौँ, ७ जेठ । सरकारले श्रीलङ्कामा हालै भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी जनधनको क्षति भएकामा गहिरो दुःख प्रकट गरेको छ ।

यस दुःखको घडीमा नेपाल सरकार श्रीलङ्का र त्यहाँका जनताका साथमा रहेको आज परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सरकारले उद्धार कार्यमा सहयोग पु¥याउनका लागि एक लाख अमेरिकी मुद्रा सहयोग गर्ने निर्णय गरेको जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts