ललितपुर, २९ वैशाख । वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई आज गाःवाहालबाट तानेर मङ्गलबजार पु¥याइएको छ ।
उपत्यकामै लामो जात्राका रुपमा मानिने उक्त रथलाई सोमबार पुल्चोकबाट गाःवाहाल पु¥याइएको थियो । राजा नरेन्द्र देवको पालादेखि मच्छिन्द्रनाथ रथ जात्रा प्रारम्भ भएको इतिहासमा उल्लेख गरिएको छ ।
रथ जात्रा सुरु भएको दोस्रो दिन जात्रा हेर्नका लागि उल्लेखनीय सङ्ख्यामा भक्तजनको सहभागी थियो । रथलाई पुल्चोकदेखि गाःवाहाल, मङ्गलबजार, पाटन सुन्धारा, लगनखेल, थटीटोल, कुमारीपाटी हुँदै जावलाखेल पु¥याइएको चौथो दिनमा भोटो जात्रा देखाइने प्रचलन रहेको गुठी संस्थानका वैकुण्ठ आचार्यले बताउनुभयो । रासस
No comments:
Post a Comment