Wednesday, May 11, 2016

भ्रष्टाचार र अनियमितताको संस्कार बढ्यो

डोटी, २९ वैशाख । नेपालमा भ्रष्टाचार र अनियमितता संस्कारका रुपमा विकसित भएको आज यहाँ आयोजित एक कार्यक्रममा धारणा राखिएको छ ।

‘डोटीको सिलगढीमा सम्पन्न भ्रष्टाचार न्यूनीकरणमा मिडियाको भूमिका’ विषयक कार्यक्रममा जिल्लास्थित सरोकारवालाले सो धारणा राखेका हुन् । विकास सञ्चार समाज नेपाल काठमाडाँैको अगुवाइमा भएको अन्तक्र्रियामा डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद आर्चायले भ्रष्टाचार न्यूनीकरण गर्न नागरिक सचेत हुनुपर्ने र सञ्चारमाध्यमले समेत अनियमितताको प्रकृति हेरी सत्यतथ्य कुरा बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग दिपायलका क्षेत्रीय प्रमुख राजन नेपालले भ्रष्टाचार कुनै पनि व्यक्तिले कसैको आड र दबाबमा गर्नेहुँदा सञ्चारमाध्यमसम्म सत्यतथ्य प्रमाण आउन नसक्ने र त्यसलाई कारबाहीको दायरामा ल्याउन प्रक्रियामै जानुपर्ने बताउनुभयो ।

पत्रकारको एक जिज्ञासामा नेपालले भ्रष्टाचारसम्बन्धी अख्तियारले लिने उजुरी धेरै प्रकारका भएकाले पनि समय र परिस्थितिअनुसार निर्दोषलेसमेत सफाई पाउने गरेको स्वीकार गर्नुभयो । तर आयोगले गर्ने छानबिनमा कुनै पनि शङ्का नगर्न नेपालको आग्रह थियो ।
सोडेक नेपालका महासचिव प्रकाश घिमिरेले अन्तक्र्रियामा उठेका सवाल राष्ट्रिय मुद्दाका रुपमा स्थापित गर्न आफूले प्रयास गर्ने बताउनु भयो । कार्यक्रममा जिल्लास्थित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, पत्रकारलगायतको उपस्थिति रहेको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts