Sunday, May 22, 2016

स्वास्थ्य परीक्षणमा ६०० भन्दा बढी लाभान्वित

पोखरा, ९ जेठ । पोखराको बाटुलेचौरमा शनिबार भएको मधुमेह, मिर्गौला र पिसाब परीक्षणमा ६०० भन्दा बढी लाभान्वित भएका छन् ।

स्थानीय हिमालय क्लबको आयोजना तथा युनाइटेड रेफरेन्स लेबोरोटरी (युआरएल)को प्राविधिक सहयोगमा मधुमेह, मिर्गौला र पिसाब निःशुल्क र अन्य स्वास्थ्य परीक्षणमा ५० प्रतिशत छुट दिइएको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा बाटुलेचौर, लामाचौर, घार्मी, अर्मलालगायत अन्य ठाउँबाट पनि मानिस आएर स्वास्थ्य परीक्षण गरेका थिए ।

सो कार्यक्रममा वरिष्ठ मुटुरोग विशेषज्ञ मुकुन्द आचार्यले नियमित स्वास्थ्य परीक्षण गर्दै गएमा रोग लाग्नबाट बच्न सकिने बताउनुभयो ।

यस्तै पोखरा नगर रेष्टुरेन्ट एण्ड बार एसोसिएसनले गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत सङ्कलन भएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts