मध्यनेपाल (लमजुङ), ६ जेठ । पश्चिम लमजुङमा आज साँझ यात्रुबाहक बस दुर्घटना हुँदा नौ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
तनहुँको सदरमुकाम दमौलीबाट लमजुङको जिताकोटतर्फ जाँदै गरेको ना६ख ४१३६ नंको बस मध्यनेपाल नगरपालिका वडा नं ५ टक्सार तामाखानीको भिरमा बस दुर्घटनामा परी मृत्यु भएकाहरुमा हाल मध्यनेपाल–१ (पहिलाको जिता गाविस) जिताकोटका रहेका छन् । प्रहरीका अनुसार निधन हुनेमा मध्यनेपाल–१, जिताकोटका रमा गुरुङ, रामकृष्ण गुरुङ, चिनमाया गुरुङ, राजिन गुरुङ, शेरबहादुर खवास, गणेश गुरुङ, मीनाकुमारी गुरुङ, सविना गुरुङ र नारायण थापा छन् । बस सडकबाट ३०० मिभन्दा तल खसेको जनाइएको छ ।
दुर्घटनामा नौ जना गम्भीर घाइते भएको र तिनको थप उपचारका लागि दमौली, पोखरा लगिएको स्थानीयवासी राजेन्द्र रेग्मीले जानकारी दिनुभयो । साबिकको तान्द्राङ टक्सार र जिता गाविसको सिमानास्थित साल्मेडाँडाबाट बस दुर्घटना भएको थियो । दुर्घटनाबारे समचार थप विवरण आउन बाँकी छ । रासस
No comments:
Post a Comment