भक्तपुर, ३१ वैशाख । उपराष्ट्रपति नन्दबहादुर पुनले देशका सहिदलाई राज्यले सम्मान गर्नुपर्ने बताउनुभएको छ ।
वैकुण्ठहरि श्रेष्ठ स्मृति प्रतिष्ठान मध्यपुर थिमीले आज यहाँ आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले द्वन्द्वमा सहिद भएकालाई स्थानीयस्तरबाट पनि सम्मान गर्ने अभियान चलाउनु पर्नेमा जोड दिनुभयो ।
उहाँले लामो समय भाषा र साहित्यमा योगदान पु¥याउने वरिष्ठ पाइलट क्याप्टेन नारायणजी श्रेष्ठलाई दोसल्ला ओढाएर ताम्रपत्र र नगद रु ५१ हजारसहित सम्मान गर्नुभयो ।
प्रतिष्ठानका अध्यक्ष श्यामकृष्ण श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा बालसाहित्यका सान्तदास मानन्धर, परराष्ट्रविद् हिरण्यलाल श्रेष्ठ, पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधान, विश्व नेवा अर्गनाइजेसन नेपाल च्याप्टरका संयोजक नरेन्द्र हाडा, वामपन्थी कृष्णबहादुर श्रेष्ठ र शिक्षाविद् तारामान जोशीलगायतले सहिदले देशप्रति पु¥याएको योगदानलाई कसैले भुल्न नहुने धारणा राख्नु भयो । रासस
No comments:
Post a Comment