चितवन, ३१ वैशाख । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको समयमा स्थानीय निकायको निर्वाचन सम्भव नरहेको बताउनुभएको छ ।
नेपाली काँग्रेस दारेचोक गाउँविकास समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उहाँले सो कुरा बताउनु भएको हो ।
पछिल्लो समय राजनीतिक दलबीच देखिएको असमझदारी र अविश्वासका कारण निर्वाचन सम्भव नरहेको उहाँले दोहो¥याउनु भयो ।
निर्वाचनको वातावरण बनाउनका लागि काँग्रेसको नेतृत्व आवश्यक रहेको भन्दै उहाँले जनताले दिएको जिम्मेवारी काँग्रेसले पूरा गर्ने उल्लेख गर्नु भयो ।
सो अवसरमा नेकपा एमाले, एकीकृत नेकपा माओवादीलगायतका दल परित्याग गरी २०० जना काँग्रेसमा प्रवेश गरेको नेपाली काँग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले जानकारी दिनुभयो । रासस
Friday, May 13, 2016
स्थानीय निकायको निर्वाचन सम्भव छैन : नेता सिटौला
Subscribe to:
Post Comments (Atom)
Featured Post
रानी वनमा वनमारा झार
भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...
Popular Posts
-
काठमाडौँ।प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच मुलुकको पछिल्लो राजनीतिक अवस्था र रा...
-
काठमाडौँ, १७ कात्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीको सवारीको क्रममा सर्वसाधारणलाई सडकपेटीबाट हिँड्न रोक नलगाइएको नेपाल प्रहरीले जनाएको छ...
-
काठमाडौँ, १४ असोज । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका–संसद् कृषि तथा जलस्रोत समितिका नवनिर्वाचित सभापति मोहनप्रसाद बराललाई आज पद तथा गोपनीयत...
No comments:
Post a Comment