Monday, May 23, 2016

कर्णाली नदीमा एक बेपत्ता

कालीकोट, १० जेठ । जिल्लाको फुकोट गाविसमा ढुङ्गाले लागेर कर्णाली नदीमा खसी आज एकजना बेपत्ता भएका छन् ।

बेपत्ता हुनेमा थिर्पु गाविस बेर्सनकोटका छक्क रोकाया छन् । सामान ढुवानीका लागि खच्चड लिएर थिर्पुबाट लालिघाट बजार जाँंदै गर्दा फुकोट गाविसको नडी भन्ने स्थानमा माथिबाट आएको ढुङ्गा लाग्दा रोकाय कर्णाली नदीमा खसेको स्थानीय कलबहादुर ऐडीले जानकारी दिनुभयो ।

पछिल्ला दिनमा परेको वर्षाका कारण कालीकोटको ग्रामीण क्षेत्रमा हिँडडुल गर्न कठिनाई हुने गरेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts