भक्तपुर, १० जेठ । एक बालिका बलात्कार गरेको अभियोगमा १८ वर्षीय पूर्णबहादुर बुढालाई आज प्रहरीले पक्राउ गरेको छ ।
रुकुम घरभई भक्तपुरको चित्तपोलस्थित श्वेत भैरब इँटाभट्टामा मजदुरका रुपमा कार्यरत बुढाले गएराति बालिकालाई बलात्कार गरेको पीडित पक्षले उजुरी दिएलगत्तै आजै बुढालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त जगातेले जनाएको छ ।
बलात्कारमा परेकी बालिकाको अवस्था गम्भीर रहेको जानकारी दिँदै प्रहरी उपरीक्षक किरण बज्राचार्यले घटनाको थप अनुसन्धान भइरहेको बताउनुभयो । रासस
No comments:
Post a Comment