बेनी (म्याग्दी), ९ जेठ । पश्चिम म्याग्दीको बाबियाचौरमा सम्पन्न बृहत् स्वास्थ्य शिविरबाट एक हजार ४०० बढी बिरामी लाभान्वित भएका छन् ।
नेपाल रेडक्रस सोसाइटी बाबियाचौर उपशाखाको आयोजना र मेकसिटी हस्पिटल एण्ड क्रिटिकल केयर प्रालि पोखराको प्राविधिक सहयोगमा शनिबार सम्पन्न सो शिविरबाट पाँच गाविसका एक हजार ४०० बढी बिरामी लाभान्वित भएका हुन् ।
शिविरमा छाती रोग, बालरोग, स्त्रीरोग, पाठेघरसम्बन्धी रोगको उपचार गरिनुका साथै परामर्श सेवा र औषधि वितरण गरिएको थियो । दरवाङ, बाबियाचौर, भकिम्ली, अर्मनलगायतका गाविसका एक हजार ४८३ जनाले सेवा लिएका नेपाल रेडक्रस सोसाइटी बाबियाचौर उपशाखाका सभापति नारायणबहादुर अधिकारीले जानकारी दिनुभयो ।
शिविरमा पोखराका डा सुधीर अधिकारी, डा राजकुमार शर्मा, डा सुवास सापकोटा र डा नीरज केसीले चेकजाँच गर्नुका साथै परामर्श सेवा प्रदान गर्नुभएको थियो । रासस
No comments:
Post a Comment