Sunday, May 22, 2016

भक्तपुरमा १२ हजार ७०५ नयाँ मतदाता थपिए

भक्तपुर, ९ जेठ । भक्तपुरमा दोस्रो संविधानसभाको निर्वाचनपछि १२ हजार ७०५ मतदाता थपिएका छन् ।

जिल्लामा २०७० सालको संविधानसभाको निर्वाचनअघि एक लाख ४९ हजार ५५८ जना मतदाता रहेकामा हाल १२ हजार ७०५ जना मतदाता थपिएर कुल एक लाख ६२ हजार २६३ जना मतदाता पुगेको जिल्ला निर्वाचन अधिकृत उमेश राईले जानकारी दिनुभयो ।

वृद्धि भएको मतदाता सङ्ख्यामा महिला छ हजार ३९७ तथा पुरुष छ हजार ३०८ जना रहेका छन् । २०६७ सालदेखि जिल्ला प्रशासन कार्यालय भक्तपुरमा र त्यसअघिदेखि नै जिल्ला निर्वाचन कार्यालयमा दैनिक मतदाता नामावली सङ्कलन हुने गरेकोे छ ।

भक्तपुरमा पुरुषभन्दा महिला मतदाताको सङ्ख्या बढी रहेको छ । यहाँ महिला मतदाताको सङ्ख्या ८२ हजार ३६५ र पुरुष मतदाताको सङ्ख्या ७९ हजार ८९८ जना राईले बताउनु भयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts