Saturday, May 28, 2016

गणतन्त्रका विरुद्ध चलखेल भइरहेको छ : नेता सिंह

काठमाडौँ, १५ जेठ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले गणतन्त्रका विरुद्ध चलखेल भइरहेको बताउनुभएको छ ।

गणतन्त्र दिवसका अवसर पारेर आज कामद कलेजले सुकेधारामा आयोजना गरेको गणेशमान सिंह छात्रवृत्ति पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा उहाँले संविधानको पूर्ण कार्यान्वयन भएमात्र गणतन्त्र संस्थागत हुन सक्छ यसका लागि दलहरु इमान्दार भएर लाग्नुपर्छ भन्नु भयो । उहाँले अझसम्म पनि मुलुकमा राजनीतिक अस्थिरता कायम रहेको भन्दै दलगत स्वार्थभन्दा माथि उठेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

कलेजका व्यवस्थापन समितिका अध्यक्ष डिल्ली शिवाकोटीले नेपालको शिक्षा क्षेत्रमा थप योगदान पु¥याउनका लागि कलेजको स्थापना गरिएको बताउनुभयो । गणतन्त्र दिवसका अवसरमा सो कलेजले प्रत्येक वर्ष पाँच जना विद्यार्थीलाई छात्रावृत्ति प्रदान गर्दे आएकामा यस वर्ष भूकम्पपीडित एक जनालाई थप गरी छ जनालाई प्रदान गरेको थियो । यस्तै कलेजमा स्थापनाकालदेखि योगदान दिने पदाधिकारीलाई सम्मानसमेत गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts