Tuesday, May 3, 2016

फोरम (लोकतान्त्रिक)को अध्यक्ष पदको उम्मेद्वारी भोलि

विराटनगर, २१ वैशाख । मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक) को अध्यक्षलगायत विभिन्न पदको उम्मेदवारी भोलि बिहानदेखि दर्ता हुने भएको छ ।

विराटनगरमा हिजोदेखि जारी प्रथम राष्ट्रिय अधिवेशनको आज बसेको केन्द्रीय समितिको बैठकले पार्टीको विधान पारित गरेको र विभिन्न विषयमा अझै पनि छलफल जारी रहेकाले उम्मेदवारी दर्ता भोलि हुने सो पार्टीका उपाध्यक्ष भारतेन्दु मल्लिकले बताउनुभयो । निर्विरोध नभएको अवस्थामा भोलि नै मतदान हुने सम्भावना रहेको उहाँले बताउनुभयो ।

सो पार्टीको नाम परिवर्तनको सम्बन्धमा आन्तरिक रुपमा कार्यकर्तासँग सुझाव सङ्कलन गरिएको भए पनि कतिपय जिल्लाका कार्यकर्ताद्वारा नाम परिवर्तन गर्न नहुने पनि सुझाव आएको बुझिएको छ ।

पार्टीको अध्यक्ष पदमा वर्तमान अध्यक्ष विजयकुमार गच्छदारको नाम मात्र सार्वजनिक भएको र उहाँ निर्विरोध हुने सम्भावना प्रवल रहेको छ । पार्टीका अन्य पदहरुमा पनि निर्विरोध गर्नका लागि गम्भीर रुपमा छलफल भइरहेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts