हेटौँडा, २१ वैशाख । उपप्रधान मन्त्री एवम् राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले प्रमुख प्रतिपक्षी दलले सरकारको फेरबदल गर्ने प्रवृत्तिभन्दा माथि उठेर भूकम्पपीडित जनताको पुनः निर्माण गर्ने कार्य र आर्थिक समृद्धिका लागि सहयोग गर्नु पर्ने बताउनु भएको छ ।
उपप्रधानमन्त्री थापाले राप्रपा नेपाल मकवानपुरद्वारा आज हेटौँडामा आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै राप्रपा नेपाल सरकारमा समावेश हुँदा पार्टीका नेता तथा कार्यकर्ताले कुनै हीनताबोध गर्नु नपर्ने र पार्टीले उठाएको एजेन्डा एवम् सैद्धान्तिक पक्षलाई सशक्त रुपमा देशभरि परिचालन गर्न आग्रह गर्नु भयो ।
उहाँले आजै मकवानपुर जिल्लाको छतिवन गाविसअन्तर्गत जुरेलीस्थित खेलमैदानको उद्घाटन गर्नुभयो ।
सो अवसरमा सांसद गणेश थापा, राप्रपा नेपालका केन्द्रीय सदस्यहरु मधु अधिकारी, राजाराम बर्तौला र दीपकबहादुर सिंहले वर्तमान संविधानलाई संरक्षण गर्दै बाह्य शक्तिको चलखेललाई निरुत्साहित पार्न दलहरुको बीचमा वादविवाद भन्दा समझदारी र सहकार्यबाट अघि बढ्नुपर्दछ भन्नुभयो ।
यसैबीच सो कार्यक्रममा उपप्रधानमन्त्री थापाले एकीकृत नेकपा (माओवादी) मकवानपुरगढीका नेता अर्जुन गौतमलगायत विभिन्न पार्टी परित्याग गरी आएका करिब सयजना युवालाई राप्रापा नेपालको सदस्यता प्रदान गर्नुभयो । रासस
No comments:
Post a Comment