दोलखा, २८ वैशाख । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले सरकारको नीति तथा कार्यक्रममा घोषित स्थानीय निकायको निर्वाचन आगामी मङ्सिर महिनामै गर्ने बताउनुभएको छ ।
नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय समितिको तेस्रो जिल्ला अधिवेशनको आज उद्घाटन गर्दै उहाँले स्थानीय निकायको निर्वाचन नहुँदा वेथिति बेढेकाले निर्वाचन अपरिहार्य भएको बताउनुभयो । कसैले विरोध गर्दैमा निर्वाचन नरोकिने मन्त्री राईको भनाइ थियो ।
सरकारले हालै संसद्मा प्रस्तुत गरेको नीति तथा कार्यक्रम संविधानको भावनाअनुसार नै आएको बताउँदै उहाँले जेठ १५ गते संसद्मा प्रस्तुत हुने बजेट समेत अहिलेसम्मकै उत्कृष्ठ हुने उहाँको दाबी थियो । उहाँले बजेट समृद्धि र मुलुकको दुरगामी विकासतर्फ लक्षित हुने उल्लेख गर्नुभयो । रासस
No comments:
Post a Comment