पोखरा, २७ वैशाख । जिल्ला प्रहरी कार्यालय कास्कीले सुनको सिक्री लुट्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
पोखरा उपमहानगरपालिका–९ न्युरोड बस्ने ८६ वर्षीय मनकुमारी भट्टचन आफ्नै होटेलमा बसेका अवस्थामा पुरनचौर घर भई न्युरोड बस्दै आएका ३१ वर्षीय सूर्यबहादुर नेपालीले उनको घाँटीमा लगाएको पाँच तोलाको सुनको सिक्री तानी भागेकामा प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्तलाई आज कास्की जिल्ला अदालतबाट चोरी मुद्दामा म्याद थप गरी थप अनुसन्धान गरिररहेको प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment